Skip to content

आयोगले समानुपातिकको सूची सार्वजनिक गरेपछि रास्वपा कोषाध्यक्ष तथा सांसद अधिकारीले छोडिन निफ्रा

nabil bank

काठमाडौं । रास्वपा कोषाध्यक्ष तथा समानुपातिक सांसद लिमा अधिकारीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छिन् ।

सातौँ वार्षिक साधारणसभाबाट उनी पुन सञ्चालक भएकी थिइन् । सभाले साधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी उनलाई निर्वाचित गरेको थियो । उनलाई रास्वपाले समानुपातिक तर्फ सांसद बनाएको छ । निर्वाचन आयोगले सांसदको सूची सार्वजनिक गरेपछि उनले निफ्रा छोडेको घोषणा गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्: ‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ ।

देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो । साथ र सहयोगका लागि सबैमा हार्दिक आभार! निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र  गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। यस संस्थाको उज्जवल भविष्यको कामना गर्दै बिदा हुन चाहन्छु ।  नेपालकाे पुर्वाधार विकासमा देखिएका अबरोधहरूकाे समाधान गर्ने थुप्रै नितीगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने छु ।’
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi