Skip to content

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

nabil bank

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । त्यसका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi