काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित देशव्यापी कार्यक्रम सुरु गरेको छ।
‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत बैंकको बौद्ध शाखाले एक दिने ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो।
बौद्धस्थित होटल अनुत्तरामा आयोजना गरिएको उक्त कार्यक्रममा सूक्ष्म, साना तथा मझौला व्यवसाय ९स्क्स्भ्० सञ्चालन गर्दै आएका ४७ जना व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न आवश्यक योग्यताबारे विस्तृत जानकारी दिइएको बैंकले जनाएको छ।
बैंकका अनुसार, यस्ता कार्यक्रममार्फत व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने, औपचारिक बैंकिङ प्रणालीमा आवद्ध गराउने र व्यवसाय विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
हाल प्रभु बैंकले देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्