Skip to content

नेपाल अल्पविकसित राष्ट्रबाट स्तरोन्नति: सवा लाख बढी रोजगारी गुम्ने, जीडीपीमा ९८८ मिलियन डलर घाटा पुग्ने

nabil bank

काठमाडौं । नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुने प्रकृयामा छ ।

देश विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा त्यसले पार्ने प्रभाव रोजगारीदेखि समग्र अर्थतन्त्रलाई समेत असर पर्ने देखिएको छ । अन्तराष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको “नेपालको एलडीसी स्तरोन्नतिको रोजगार प्रभाव मूल्याङ्कन” प्रतिवेदनले उक्त कुरा जानकारी गराएको छ ।

प्रतिवेदन निर्यात र रोजगारी दुवै जोखिममा पर्ने चेतावनी दिएको छ । निर्यात र रोजगारी दुवैमा पर्ने जोखिम कम गर्न नेपालले लगानी बढाउनुका साथै आर्थिक प्रतिस्पर्धात्मकतामा ध्यान दिनु पर्ने छ। प्रतिवेदनका अनुसार आगामी पाँच वर्षमा नेपालमा करिब १ लाख ३२ हजार रोजगारी गुम्न सक्ने र करिब १ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने उल्लेख छ ।

यो अवधिमा करिब ६७ हजार पुरुष र ६५ हजार महिला बेरोजगार हुनेछन् । यो हुनुको कारण एलडीसी अन्तर्गत पाइने व्यापारिक सुविधा हटन् नै हे । प्रतिवेदनअनुसार सबैभन्दा ठूलो रोजगारी ह्रास उत्पादन मुलक उद्योग क्षेत्रमा हुने अनुमान गरिएको छ । जहाँ करिब १ लाख ४२ हजार रोजगारी प्रभावित हुन सक्छन् ।

उत्पादन क्षेत्रमा महिला र पुरुष दुवैको रोजगारी ह्रास लगभग बराबर हुने अनुमान गरिएको छ । प्रतिवेदनले कुल निर्यातमा २.५ प्रतिशतदेखि ४.३ प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको छ। कपडा, टेक्सटाइल र कार्पेटजस्ता निर्यातमुखी उत्पादन क्षेत्र प्रभावित हुनेछन् ।

कपडा तथा टेक्सटाइल क्षेत्रमा बढी संलग्न महिलाहरू सबैभन्दा पहिले प्रभावित हुन सक्नेछन्। अनौपचारिक क्षेत्रमा कार्यरत कामदारहरू पनि अत्यन्त जोखिममा रहेका छन्। प्रतिवेदनले नीतिगत अभ्यासमार्फत व्यापार सहजीकरण, पर्यटन र सूचना–प्रविधि क्षेत्रमा लगानी बढाएर जीडीपीमा पर्ने असर कम गर्न र रोजगारी सिर्जना गर्न सकिने देखाएको छ।

प्रतिवेदनले २०२६ मा मात्र ८५१ मिलियन डलर जीडीपी घट्न सक्ने अनुमान गरिएको छ । तर, वास्तविक जीडीपी २०२६ मा ३९८ मिलियन डलरले घट्ने र २०३० मा ६३ मिलियन डलरले घट्ने अनुमान गरिएको छ । जसले पाँच वर्षमा कुल ९८८ मिलियन डलरको घाटा पुर्‍याउन सक्छ।

सामान्य अवस्थामा नेपालको अर्थतन्त्र २०२६ मा २२ अर्ब डलर र २०३० मा २९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जहाँ औसत आर्थिक वृद्धि दर करिब ५ प्रतिशत रहनेछ । सन् २०२६ मा कुल निर्यात ४.३ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

विशेषगरी औद्योगिक क्षेत्र, खासगरी कपडा उद्योगले सबैभन्दा ठूलो असर भोग्नेछ, जसमा २०२६ मा ७६ प्रतिशतसम्म गिरावट आउने देखिएको  छ। सेवा क्षेत्रले प्रारम्भमा केही लाभ पाए पनि पछि घाटा भोग्नुपर्ने देखिएको छ।

अध्ययनले नेपालले तत्काल उत्पादन क्षमता सुधार, दक्ष जनशक्ति विकास, निर्यात विविधीकरण तथा उद्योग सुदृढीकरणमा ध्यान नदिएमा एलडीसी स्तरोन्नतिको असर झन् गम्भीर हुने चेतावनी दिएको छ।

अब नेपालले पर्यटनमा लगानी बढाउने हो भने १ लाख ११ हजार भन्दा बढी रोजगारी सृजना गर्न सक्ने देखाएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi