Skip to content

सुदन गुरुङले निर्वाचनमा गरे पौने २२ लाख खर्च, कुन शीर्षकमा कति? 

nabil bank
काठमाडौं । गोरखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका सुधन गुरुङले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचनमा कुल २१ लाख ८६ हजार ६६८ रुपैयाँ खर्च गरेका हुन ।
उनले निर्वाचन आयोग तथा प्रदेश÷जिल्ला निर्वाचन कार्यालय गोरखामा पेस गरेको विवरण अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार सम्पूर्ण खर्च विवरण बुझाइएका छन् ।
उक्त विवरण अनुसार गुरुङले मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेका छन् भने नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ५० हजार ६८० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यसैगरी, यातायात इन्धन तथा मर्मतमा ७ लाख ८६ हजार ३४० रुपैयाँ खर्च भएको छ।
प्रचारप्रसार सामग्रीमा ५ लाख ५२ हजार ५७५ रुपैयाँ, खाना, खाजा तथा अस्थायी बसोबासमा ५ लाख १४ हजार २०३ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
यसैगरी,  गोष्ठी, भेला तथा आमसभामा १ लाख ४८ हजार ६७० रुपैयाँ र मिडियामा १ लाख २४ हजार २०० रुपैयाँ खर्च गरिएको उल्लेख छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi