Skip to content

नेपालले पायो ओईसीडी ग्लोबल फोरमको सदस्यता

nabil bank

काठमाडौं । नेपालले पारदर्शिता र कर प्रयोजनका लागि सूचना आदानप्रदान सम्बन्धी ग्लोबल फोरम (ओईसीडी) सदस्यता प्राप्त गरेको छ । नेपाल ओईसीडीको १७३ औं सदस्य देशको रूपमा आबद्ध भएको हो ।

अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले यसबारे जानकारी गराएको हो । विभागले यस कदमलाई ऐतिहासिक उपलब्धी भनेको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय कर सहयोग र सुदृढ वित्तीय सुशासनतर्फको यात्रा अझ सुदृढ हुने विभागको विश्वास छ ।

ग्लोबल फोरमको सदस्यतासँगै नेपालले अब सूचना आदानप्रदानका विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय निकायहरूसँग प्रत्यक्ष सहकार्य गर्ने सूचनामा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi