Skip to content

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

काठमाडौं । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालि (अधिकृत वितरक, टोयोटा) ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकाहरूलाई सम्मान गरिएको थियो।

यस वर्षको प्रतियोगिता देशभरका विभिन्न विद्यालयहरूबाट उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो। प्रतियोगिताले बालबालिकाहरूलाई “भविष्यको गतिशीलता” विषयमा आफ्ना सिर्जनात्मक सोच र कल्पनालाई चित्रमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो।

प्रतियोगितामा उमेर समूहअनुसार विजेताहरू निम्नानुसार रहेका छन्: ७ वर्ष मुनि: प्रथम: प्रेक्षा शर्मा – ग्यालेक्सी पब्लिक स्कुल दोस्रो: अन्नोरा शाक्य आवाले – स्टुडियो १८ तेस्रो: देवांश गोयल – राई स्कुल ८–११ वर्ष: प्रथम: आराध्या कनौजे – ग्यालेक्सी पब्लिक स्कुल दोस्रो: स्रिजा प्रजापति – राई स्कुल तेस्रो: एज़्यान खान मलिक – राई स्कुल १२–१५ वर्ष: प्रथम: निसा लुनिया – राई स्कुल दोस्रो: आर्यव जोशी – कास्थमाण्डप विद्यालय तेस्रो: अनुवा यादव

हरेक उमेर समूहका प्रथम स्थान हासिल गर्ने विजेताहरूका उत्कृष्ट कलाकृतिहरू अन्तर्राष्ट्रिय स्तरमा जापानमा आयोजना हुने विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

टोयोटा ड्रिम कार आर्ट कन्टेष्टले विश्वभरका बालबालिकाहरूलाई भविष्यको सवारी साधन कस्तो हुन सक्छ भन्ने आफ्ना कल्पनाहरूलाई चित्रमार्फत प्रस्तुत गर्न प्रेरित गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima