Skip to content

८ महिनामा १ खर्ब ६२ अर्ब बढीको इन्धन, ग्यास आयातः नेपालबाट सबैभन्दा बढी भटमास तेल निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनाको अवधिमा नेपालमा १ खर्ब ६२ अर्ब ७३ करोड २५ लाख रुपैयाँको इन्धन, ग्यास आयात भएको छ ।

भन्सार विभागका अनुसार यस अवधिमा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो ८ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।

त्यस्तै, नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, छ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima