काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा उनले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भेटिएको पैसामा अनुसन्धान गरेर कानुन अनुसार छानबिन हुनुपर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी तथा तोडफोड गरेका थिए ।
तत्ककालिन समयमा उनीहरुको घरमा पैसा जलेका भिडिया सार्वजनिक भएका थिए ।
यस्तै तत्कालिन ऊर्जा मन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा आगजनी गर्नेले पैसा जलेका भिडियो सार्वजनिक गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्