Skip to content

कांग्रेसले १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले भदौ २४, २५, २६ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।

थापाले क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक गर्ने जानकारी गराए । उनले वैशाख १ गतेदेखि मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने जानकारी गराए ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने कार्यसूची रहेको छ ।

तल्लो तहको अधिवेशन साउन १२ गते गाउँ–नगरपालिका, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन हुने छ।

भदौ भदौ ६ र ७ गते जिल्ला अधिवेशन, १५ र १६ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्ययोजना छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T