Skip to content

ठमेलमा अनैतिक कृयाकलाप गर्ने युगान्डाका २० महिला पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा अनैतिक कृयाकलापमा संलग्न युगान्डाका २० जना महिलालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

परिसरका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै

काठमाडौंको ठमेल स्थितमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमा अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ ।

प्रहरीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा ठमेलको फायरचोक स्थित सार्वजनिक सडकमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको पाइएको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थपेर प्रहरी वृत लैनचौरले अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा नाफुना ब्रेन्डा, नान्दुत हजराह, किराबो प्रोस्यु, तुशेमेरिरवे सिल्भिया, मार्ग्रेट कालुले नाबुन्न्या, नाकालेम्बे हसिफा, तुमुसुमे ग्रेस, हगावा हादिजा, नाकिम्स्रा शादिया, म्बाब्जी डाफिन,
अम्पेइरे शिफ्राह, नान्दुदु बेही, नाम्बोजु फ्रान्सिस्का, काहामा हजराह बाक्मुलिसा, निमुसिमा म्याक्लिन, नाकाटो बेनान्कान्जो, नान्यान्जी, नात्तु कासिता, न्हुमान्सी रिबिनान्ह र नल्वाड्डा स्पेसिओजा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima