Skip to content

इन्धनको मूल्य बढे लगत्तै यातायातको भाडा समायोजन गर्न महासंघको माग

nabil bank
काठमाडौं । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गरे ।
गत चैत २ गते डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा प्रतिलिटर १५ बढेपछि महासंघले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो ।
यातायात व्यवस्था विभागले विसं २०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।
विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गरेपनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरु मर्कामा परेको महांघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए ।
महासंघले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ ।
महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडा लिइ सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्नेसमेत बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi