काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतमा आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । अब आइतबार सुनुवाइ हुने बताइएको छ ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट आज हेर्दाहेर्दैमा परेको हो । रिटमा आइतबार सुनुवाइ हुने जनाइएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।












प्रतिक्रिया दिनुहोस्