काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवा दिँदै आएको बताए । उनले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए ।
बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्राकारले मास्टरकार्डले ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाका बारेमा जानकारी गराए । डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताए ।
बैंकले जारी गरेको डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबैमास्टरकार्ड स्वीकार गर्ने एटीएम तथ पीओएसमा प्रयोग गर्न सकिने छ । मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने छ ।












प्रतिक्रिया दिनुहोस्