काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको छ । शाहको नेतृत्वमा बनेको सरकार समावेशिता र सन्तुलनको देखिएको छ ।
यो सरकारमा ३३ प्रतिशत महिला सहभागिता भएको छ । यो सरकारमा सबै प्रदेशको प्रतिनिधित्व भएको छ । साथै, इतिहासमै पहिलो पटक बादी समुदायबाट मन्त्री नियुक्त गरिएको छ ।
यस पटकको मन्त्रिपरिषदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम नियुक्त भएकी छिन् । उनी चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । युवा पुस्ताबाट उदाएकी गौतमले परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै ठूलो मतान्तरले विजय हासिल गरेकी छिन् । यस अघि उनी सांसद बनिसकेकी छिन् ।
यस्तै एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी प्रतिभा रावल रास्वपाबाट समानुपातिक सांसद बनेकी छिन् । उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन् । रावल सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बनेकी छन्।
तराई क्षेत्रबाट उदाएकी नेतृ गीता चौधरी कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्रीमा नियुक्त भएकी छिन् । उनी कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र बजार पहुँच विस्तारका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी छिन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय चौधरी अधिवक्ता हुन् । उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएसँगै मन्त्री बनेकी हुन ।
बालेन नेतृत्वको सरकारको स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन् । उनी पेशाले नर्स हुन् । उनी सुनसरीको इनरुवामा हुर्किएकी हुन । मेहता अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी उनी रास्वपाको मधेसी समूदायको तर्फबाट समानुपातिक सांसद बनेकी हुन् ।
सरकारको मन्त्रिपरिषदमा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्ती भएकी छिन् । बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत समुदायमध्ये एक मानिन्छ। सिता वादी समुदायबाट मन्त्री पदमा नियुक्ति केवल एक व्यक्तिको उपलब्धि नभई राज्य संरचनामा लामो समयदेखि उपेक्षित समुदायको प्रवेशको प्रतीक मानिएको छ।












प्रतिक्रिया दिनुहोस्