Skip to content

नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई

nabil bank

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गरेकोमा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गरेका हुन ।

उनले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi