काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ मत पाएको छ ।
यो सँगै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा आजै सरकार गठन भएको छ । दुई तिहाइ मत पाएर सरकार बनेपछि यो सरकारले आफ्नो बाचापत्र कार्यान्वयमा ल्याउने छ । निर्वाचनमा जानु पुर्व रास्वपाले आफ्नो बाचापत्र ल्याएको थियो ।
बाचापत्रमा पुँजी बजार सुधारका लागि धेरै योजना ल्याएको छ । रास्वपाले ल्याएको बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने उल्लेख छ । पार्टीले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने र पर्याप्त जनशक्ति तथा स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
बाचापत्र अनुसार, नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना छ । यसैगरी, पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन र डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ ।
पार्टीले इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने र आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यसैगरी, बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने योजना अघि सारिएको छ । यस अन्तर्गत धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति र कार्यक्षमता अभिवृद्धि गर्ने तथा आवश्यक स्वायत्तता प्रदान गर्ने योजना बनाइएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना रहेको छ।
पार्टीले पुँजी बजार कर नीति स्थिर र लगानीमैत्री बनाउने साथै ऋण बजार र बन्ड बजारको विकासका लागि सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय गर्ने योजना ल्याएको छ। वर्षौंदेखि रोकिएको गैर आवासीय नेपाली नागरिकलाई नेप्सेमा कारोबार गर्न सहज नीति लागू गरिने र वस्तु विनिमय बजार पनि यथाशीघ्र सञ्चालनमा ल्याइने पार्टीको प्रतिबद्धता रहेको छ।
विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरू विकास गरेर पुँजी बजारलाई आधुनिक र विविधीकृत बनाइनेछ। साना लगानीकर्ताको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपाले पुँजीबजारलाई केवल काठमाडौँ केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवालाई सहज पहुँच पुर्याउने र यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना तथा पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने योजना रहेको जनाएको छ ।
यो प्रतिबद्धता कार्यान्वयन गर्ने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको काँधमा रहेको छ । धितोपत्रले अहिले भित्री कारोबार गर्ने कम्पनीहरुलाई कारबाही भन्दा पनि संरक्षण गरेर राखेको छ । बोर्ड उच्च व्यवस्थापन र केही उच्च पदस्थ पदाधिकारीहरुको स्वार्थमा भित्री कारोबारलाई संरक्षण गरिरहेको छ ।
बोर्डले आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले गरेको कारोडौको भित्री कारोबारलाई अहिलेसम्म संरक्षण गर्दै आएको छ ।
यस्तै शिवम् सिमेन्टका तत्कालिन अध्यक्ष सुरेन्द्रकुमार गोयल लगायतले गरेको ६४ करोडको गैर कानूनी कारोबारलाई बोर्डले कारबाहीको दायरामा ल्याउनु भन्दा पनि संरक्षण गर्दै आएको छ । अब यस्ता कारोबारलाई रास्वापाको सरकारले कारबाहीको दायरामा ल्याउने बाचापत्रमा उल्लेख छ । बोर्ड निकट स्रोतका अनुसार कानून विपरित भएका यस्ता कैयन कारोबारलाई सेबोनले नै संरक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्