काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले “कानूनभन्दा माथि कोही छैन” भन्ने स्पष्ट टिप्पणी गरेका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा आर्यघाटको तस्बिरसहित प्रतिक्रिया दिंदै दुबै नेतामाथिको कारबाही कुनै पनि प्रकारको प्रतिशोध नभई न्यायिक प्रक्रियाको सुरुवात मात्रै भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिन्छ।”












प्रतिक्रिया दिनुहोस्