Skip to content

सेयर बजारमा पहिरो, नयाँ सरकारलाई गरेन विश्वास

काठमाडौं । दुई तिहाइ मत पाएको सरकार बनेपछि सेयर बजारले नयाँ गति लिन्छ भनेर बसेका लगानीकर्ता आज निरास बनेका छन् । नयाँ सरकार बनेपछिको पहिलो कारोबार दिनमा नै बजारमा पहिरो गएको छ ।

आइतबार बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ७१.०५ अंकले घटेर परिसूचक २८७९.११ बिन्दु कायम भएको छ ।

३३३ कम्पनीको कारोबारमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi