Skip to content

पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो

nabil bank

काठमाडौं । पूर्वमन्त्री एंव कांग्रेस नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ ।

जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई आज केन्द्रीय अनुसन्धान ब्युरोका एआईजीले पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि विभागमा पठाएको सीआईबीले जनाएको छ ।

खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन अब विभागले गर्ने छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा नेपाली र विदेशी नोट जलाएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi