Skip to content

सचिवहरुलाई प्रधानमन्त्री शाहको निर्देशन, २ वटा पुरा नगरे अवकाश लिनु

nabil bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाल सरकारका सचिवहरुलाई तीन बुँदे निर्देशन दिएका छन् ।

शाहले सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै अवकाशसम्मको विकल्प सुझाएका छन् । शाहले निर्देशन दिने क्रममा मन्त्रीहरूलाई नपढाउन र मन्त्रीहरुले भने अनुसार काम गर्न भनेका छन् ।

उनले मन्त्रीहरुले काम गर्न भन्दा ऐन कानूनले अवरोध गरेको छ भने त्यही अनुसार कानून निर्माण गरिदिने आश्वासन दिएका छन् । ऐन कानून देखाएर काममा अवरोध गर्ने हो भने अवकाशको विकल्प लिन निर्देशन दिएका हुन् । उनले सचिवहरुलाई काम गर्दा रास्वपाले निर्वाचन अघि तयार पारेको बाचापत्र अनुसार काम गर्नुपर्ने जानकारी गराएको एक सचिवले बताए ।

एक सचिवका अनुसार शाहले पार्टीको बाचापत्रका साथै शासकीय सुधारका १०० बुँदामा समावेश भएको कार्यसूचीलाई पनि ध्यान दिन भनेका छन् । सचिवहरुसँग करिब तीन मिनेट भएको छलफलमा सरकारको गति र मर्मलाई बुझ्न सबै सचिवलाई स्पष्ट निर्देशन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi