Skip to content

हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण बेच्ने

nabil bank

काठमाडौं । हिमालयन बैंकले संस्थापक समूहको १० प्रतिशत सेयरलाई सर्वसाधारणलाई बेच्ने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकका अनुसार आइतबार बसेको सञ्चालक समितिको ४९३औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको पुँजीको आधारमा यो प्रक्रिया सुरु गर्न लागेको हो ।

बैंकले यस निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत जानकारी दिइसकेको छ । यो प्रक्रिया सम्पन्न भएपछि बैंकको सेयर संरचनामा परिवर्तन आउनेछ र बजारमा सर्वसाधारण सेयरको हिस्सा बढ्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi