Skip to content

सहकारीबाट डेढ करोडभन्दा बढी ठगी गर्ने पहाडी पाटनढोकाबाट पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले डेढ करोड बढी रकम ठगी गर्ने एक जनालाई ललितपुर महानगरपालिका–३ पाटनढोकाबाट पक्राउ गरेको छ ।

सहकारी ठगी मुद्दाका फरार रहेका पुरुषोत्तम पहाडीलाईचैत १५ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पहाडी विरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायत २० जनाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पहाडीले १ करोड ६२ लाख ६५ हजार ९२० रुपैयाँ ठगी गरेको पाइएको छ । पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi