Skip to content

सुदूरपश्चिमको विकास निर्माणमा प्रधानमन्त्री शाहको चासो, समस्याहरु सचिवालयमा टिपाउन आग्रह

सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्ग, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रका बारे ध्यानाकर्षण

nabil bank

काठमाडौ‌ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् ।

उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए ।

“प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताए ।

“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भने ।

सांसदहरुले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरे ।

प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi