काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध मुद्दा दायर गरेको छ ।
कम्पनी सचिव पदका नियुक्त हुनका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्ने थियो । तर पोख्रेलले उक्त योग्यता नपुग्दा नपुग्दै नियुक्ति लिएको अभियोगपत्रमा उल्लेख छ ।
उनले जागिर खानका लागि नक्कली अनुभव प्रमाणपत्र पेश गरेको पाइएको छ ।
अनुसन्धान क्रममा पोख्रेलले गर्जाङ उपत्यका हाइड्रो पावर कम्पनीमा वरिष्ठ अधिकृत तहमा कार्यरत रहेको भनी पेश गरेको अनुभव प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको छ । सम्बन्धित कम्पनीले नै उनी उक्त अवधिमा कार्यरत नभएको र सो प्रमाणपत्रको कुनै अभिलेख नरहेको आयोगले जनाएको छ ।
उनले २०७३ फागुन १० गते सेवा करारमा कम्पनी सचिव पदमा नियुक्त भएका थिए । आयोगका अनुसार उनले २०७३ फागुनदेखि २०८२ मंसिरसम्म सो पदमा रही १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ रकम बराबरका सेवा सुविधा लिएको आयोगको दाबी छ ।
झुट्टा विवरण पेश गरी सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचारसम्बन्धी कानुन विपरीत भएको ठहर गर्दै आयोगले कैद तथा जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।












प्रतिक्रिया दिनुहोस्