Skip to content

प्रमुख प्रशासकीय अधिकृत बिहीन ४ वटा उपमहानगरमा सरकारले पठायो सहसचिव, प्रदिप काजमा, शर्माको सरुवा

nabil bank

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत विहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।

यस्तै सामान्यमा अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ । यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा दीपक ज्ञवालीलाई पठाएको ट भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi