काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आए पनि नेपालमा भने बढाएको छैन ।
निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ४१.६०, डिजेल प्रतिलिटर ९४.९३ रुपैयाँ बढेर आएको छ । यस्तै हवाई इन्धनमा प्रतिलिटर १२३.८ र एलपि ग्यासको मूल्य प्रति सिलिण्डर १९०.३६ रुपैयाँले बढेर आएको छ ।
आज बसेको बोर्ड बैठकको निर्णानुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाईएको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
निगमले यसअघि पेट्रोलमा प्रतिलिटर १५ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको थियो












प्रतिक्रिया दिनुहोस्