Skip to content
Prabhu

सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार राताम्य भयो । सेयर बजार कारोबार बन्द हुँदा अघिल्लो कारोबारभन्दा २३ अंक बढीको गिरावट आयो । परिसूचकमा भारी गिरवाट आएका दिन बुधबार ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

बुधबारको कारोबार बन्द हुँदा युनिलिभर नेपाल, कालिञ्चोक दर्शन प्रालि, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यी चार कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेको छ । अपर लोहोरे खोला हाइड्रापावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेर ३६३ रुपैयाँ पुगेको छ । त्यस्तै कालिञ्चोेक दर्शन प्रालिको सेयर मूल्य १० प्रतिशत अर्थात ११२ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । त्यस्तै युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात ३ हजार ९३५ रुपैयाँले बढेर ४३ हजार २८६ रुपैयाँ पुगेको छ ।

त्यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत अर्थात ६९ रुपैयाँले बढेर ७५९ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal