Skip to content
Prabhu

यी हुन आज सेयर बजारमा धेरै गुमाउने १० कम्पनी

 

काठमाडौं । सेयर बजारमा राताम्य भएको दिन धेरै कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार भएका ३१४ कम्पनीमध्ये १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्यमा ९.४१ प्रतिशतको गिरावट आएको छ । बुधबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँले घटेर ५८७ रुपैयाँ पुगेको छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को सेयर मूल्यमा ८.३१ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीको ब्यालेन्स फण्डको मूल्य ०.७४ रुपैयाँले घटेर ८ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य पनि ६.४६ प्रतिशत अर्थात् ४० रुपैयाँले घटेर ५७९ रुपैयाँ पुगेको छ । यता एनएमबी बैंकको सेयर मूल्य पनि ६.३५ प्रतिशतले घटेको छ । बैंकको सेयर मूल्य १३ रुपैयाँ ५० पैसाले घटेर १९९ रुपैयाँ पुगेको छ ।

आज सेयर मूल्य धेरै घट्ने कम्पनीमा सानिमा बैंकको डिबेन्चर रहेको छ । त्यसको सेयर मूल्य ६.२९ प्रतिशत अर्थात् ६९ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३५ रुपैयाँ पुगेको छ । त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ५.८३ प्रतिशत आर्थात् ७९ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ पुगेको छ ।

यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ५.३३ प्रतिशत अर्थात् १२८ रुपैयाँले घटेर २ हजार २७२ रुपैयाँ पुगेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर मूल्य पनि ४.५७ प्रतिशतले घटेर ५६० रुपैयाँ पुगेको छ । त्यस्तै सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६२ प्रतिशतले घटेर १ हजार ६८८ रुपैयाँ पुगेको छ । त्यसतै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ४.५६ प्रतिशतले घटेर ९०० रुपैयाँ पुगेको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal