काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नेता र पार्टीबाट नियुक्ती लिएकालाई स्वेच्छिक रुपमा राजीनामा दिन आग्रह गरेका छन् ।
संविधान र कानूनको आवरणमा नेता र पार्टीको सिफारिसमा नियुक्त लिएकालाई स्वेच्छिक रुपमा राजीनमा दिन माग गरेका छन् ।
उनले विधिको शासन पालना गराउन सहयोग गर्न आग्रह गरे । आज प्रतिनिधि सभाको पहिलो बैठकमा यस्तो आग्रह गरे ।
बैठकमा उनले अन्य दलले घोषणापत्रमा राखेका विषयलाई पनि प्राथमिकतामा राखेर जाने बताएका छन् ।
यसअघि रास्वपा प्रश्न सोध्न ठाँउबाट आएको भन्दै अब सोधिएका प्रश्नको जवाफ दिन आग्रह गरे । उनले सरकारलाई निगरानी गरिदिन आग्रह गरे । सरकारले गलत गरेको खण्डमा त्यसलाई औल्याईदिन समेत आग्रह गरे ।
संसदलाई प्रतिशोधन नबनाउने समेत जानकारी गराए । उनले आगामी दिनमा प्रतिशोध नगर्ने, सुन्न मन लागेका कुरा सुनाउने वियषया माइक नकाटिने बताए ।












प्रतिक्रिया दिनुहोस्