Skip to content

जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन् ।

घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले नि:शुल्क उपचार सेवा दिँदै आएका छन् । त्यस क्रममा अधिकांश घाइतेहरूको नि:शुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगे । डा. शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझे । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर नि:शुल्क उपचार भइरहेको डा. शर्माले बताए ।

शर्माले भने, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले नि:शुल्क गर्ने व्यवस्था मिलाएको छु।”

गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए । मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए । भेट्नेबित्तिकै उनले भने, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima