Skip to content

राष्ट्र बैंकले गर्यो दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द (लाईसेन्स) खारेज गरेको छ । बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त गरेको दुई कम्पनि अमृत लक्ष्मी मनि चेन्जर प्रालि मोरङ र सुपर फाइन मनि चेन्जर प्रालि विराटनगर को इजाजत रद्ध गरिएको हो ।

राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi