Skip to content

लगानी बोर्डले स्थापना गर्यो लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क

काठमाडौं । लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ ।

एकल बिन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो । लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रुपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रराम्भिक चरण अन्तर्गत लगानीकर्तालाई थप सहज वातवारण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए ।

तामाङका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्याहरु राख्न र गुनासो गर्न सक्नेछन् । लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगको समन्वयमा गुनासो सुनुवाई डेस्क स्थापनापछि एकल बिन्दु सेवा प्रवाहका लागि मन्त्रिपरिषद्मा निर्णय प्रस्ताव पेश गर्ने, एकल बिन्दु सेवा केन्द्र स्थापनाको तयारी गर्ने, सरकारी निकाय तथा विभागसँगको समन्वय गर्ने, एकल बिन्दु सेवाको अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका बनाएको छ ।

त्यसैगरी बोर्डले एकलबिन्दु सेवासम्बन्धी कार्यविधिको मस्यौदा स्वीकृतका लागि पेश गर्ने, बजेट व्यवस्था सुनिश्चित गर्ने लगायतका कार्यतालिका बनाएको छ । यही चैत्र १३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरुलाई एकीकृत रुपमा सहजताका साथ निर्धारित समयावधि भित्रै तोकिए बमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपाल अन्तर्गत एकद्वार प्रणाली स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T