Skip to content

हिल्टन होटलको दाबी भुक्तानी अझै अन्यौंलमा !

nabil bank

काठमाडौं । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले बीमा तथा पुनर्बीमा सम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेका कारण हिल्टन होटलको बीमा दाबी भुक्तानी प्रक्रिया अन्योलमा परेको छ ।

हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी नेपाल रि-इन्स्योरेन्स कम्पनीमा गराउनु पर्ने व्यवस्था छ । तर, यस कम्पनीले यस्तो बीमा हिमालयन इस्योरेन्स कम्पनीमा गराउँदा हिल्टन होटललको बीमा दाबी भुक्तानी अन्यौलता परेको हो ।

हिल्टन होटेलको बीमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनीमा गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उक्त होटल पूर्ण रूपमा क्षति भएको छ । ८ अर्ब लागतमा निमार्ण भएको उक्त होटलले ५ अर्ब रुपैयाँ बराबरको बीमा गरेको छ । होटलले पाउने बीमाको दाबी भुक्तानी अन्यौलता परेको छ ।

दी ओरियन्टियल इन्स्योरेन्सले उक्त बीमा जोखिम नेपाल पुनर्बीमा प्रणालीमार्फत गर्नु पर्नेमा अन्य वैकल्पिक पुनर्बीमा संरचनामा पठाएको देखिएको नेपाल बीमा प्राधिकरणका एक अधिकारीले जानकारी दिए । पुनर्बीमा सम्झौता नेपाल रि-इन्स्योरेन्स कम्पनीमार्फत हुनुपर्नेमा अन्य कम्पनी मार्फत गरिएको हो । जसले गर्दा दाबी भुक्तानीको कानुनी आधार नै विवादित बनेको छ ।

‘नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गर्न पाउने व्यवस्था रहेको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको हिलटनको क्षतिको दाबी नेपाल रि–इस्योरेन्समा गर्नुपर्ने हो’ प्राधिकरणका एक अधिकारीले भने ।

एक बीमा विज्ञका अनुसार हुलदंगा तथा अशान्ति जस्ता जोखिममा पुनर्बीमा प्रक्रिया विशेष रूपमा संवेदनशील हुन्छ । यस्तो अवस्थामा सामान्यतया बीमा जोखिमको एक निश्चित प्रतिशत बीमा कम्पनीले नै बहन गर्ने र बाँकी हिस्सा पुनर्बीमा कम्पनीहरूमा बाँडिने प्रणाली लागूहुन्छ ।

प्राधिकरणका अनुसार हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमाको दाबी भुक्तानी इस्योरेन्स कम्पनीले नै गर्नुपर्ने व्यवस्था रहेको छ भने बाँकी ६५ को दाबी भुक्तानी रि–रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । तर, हुलदंगाको पुर्नबीमा नेपाल इन्स्योरेन्स मार्फत अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पनि गरिने व्यवस्था छ ।

ओरिएण्टल इन्स्योरेन्समा हिल्टनको बीमा एलियन्ट रि–इन्स्योरेन्स ब्रोकर कम्पनीले गरेको थियो । उक्त ब्रोकर कम्पनीले नेपाल रि–इन्स्योरेन्स कम्पनीमा गराउनु पर्ने बीमा हिमालयन रि–इन्स्योरेन्समा गरेको कारण बीमा प्राधिकरणले यस कम्पनीलाई कारबाही गरिसकेको छ । प्राधिकरणले यस कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३४ को उपदफा (१)को खण्ड (ङ)बमोजिम निर्णय बमोजिम कारबाही गरेको छ ।


यस घटनामा ओरिएण्टल इन्स्योरेन्सले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिमको व्यवस्था उल्लघन गरेको भन्दै नेपाल बीमा प्राधिकरणले यस कम्पनीलाई कारबाही नै गरिसकेको छ । यसैगरी, हिमालयन रि–इस्योरेन्स कम्पनीलाई पनि सोही घटनामा एकै प्रकृतिमा कारबाही गरेको छ ।

बीमा प्राधिकरणले बीमा कम्पनीलाई कारबाही गरिसकेको भएता पनि हिलटन होटेलको बीमाको दाबी भुक्तानी कसले गर्ने भन्ने विषयमा अझै पनि अन्यौलता नै रहेको प्राधिकरणका एक अधिकारीले बताए । उक्त विषयलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने विषयमा नेपाल बीमा प्राधिकरणको बोर्ड बैठकले योजना बनाउने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi