काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति डीपी अर्याल निर्विरोध प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । शुक्बार अर्यालको मात्रै उम्मेदवारी परेको हो । आज बसेको सभाको बैठकमा सभामुखको निर्वाचनको मिति तय भएको थियो । त्यसअनुसार अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएका हुन् ।












प्रतिक्रिया दिनुहोस्