Skip to content

नेपालमा जिली इएक्स फाइभ ईभीको मूल्यमा परिमार्जन, अब कति पुग्यो ?

nabil bank

काठमाडौं । नेपालमा जिली इएक्स फाइभ विद्युतीय सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले पूर्ण विद्युतीय मिड(साइज एसयूभीहरूको मूल्यमा परिमार्जन गरेको छ ।

परिमार्जित मूल्य आजदेखि लागू भएको छ। काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली इएक्स फाइभ खरिद गर्दा लागू हुनेछ।

नयाँ मूल्य संरचना अनुसार, जिली इएक्स फाइभ म्याक्स को मूल्य अघिल्लो ६८ लाखबाट वृद्धि भई ६९.९९ लाख कायम गरिएको छ भने जिली इएक्स फाइभ प्रो को मूल्य अघिल्लो ५८ लाखबाट बढाएर ५९‍.९९ लाख निर्धारण गरिएको छ।
कम्पनीका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

‘जिली इएक्स फाइभले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसले विद्युतीय सवारीप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। मुद्रा विनिमय दरमा भएको उतारचढावजस्ता बाह्य आर्थिक कारणले मूल्य परिमार्जन आवश्यक भएको हो, तर हामी ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छौं ।’ मूल्यमा परिमार्जनबारे एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले भने ‘थाइल्याण्ड भ्रमणसहितको हाम्रो नववर्ष अफरले ग्राहकहरूलाई प्रिमियम ईभी अनुभवसँगै निरन्तर विशेष लाभहरू प्रदान गर्ने सुनिश्चित गर्दछ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi