Skip to content

ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

nabil bank

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आज अदालतले ओली र लेखकलाई थप ५ दिन म्याद थप गरेको हो । यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि जाँचबुझ गर्न गठित गौरिबहादुर कार्की आयोगको सिफारिसमा प्रहरीले गत शनिबार ओली र लेखकलाई निवासबाट पक्राउ गरेको थियो ।

यसैबीच ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी रहेको छ । आइतबारको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi