Skip to content

८ महिनामा बैंकको नाफा ४३ अर्ब ८८ करोडः नबिल पहिलो स्थानमा, कुमारीको उल्लेख्य सुधार, कुनको कति?

nabil bank

काडमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको ८ महिनामा ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४३ अर्ब ४९ करोड ६४ लाख रहेको थियो । यो अवधिमा बंैंकहरुको नाफामा खासै सुधार आउन सकेको छैन ।

२० वटा वाणिज्य बैंकमा ११ वटाको नाफा घटेको छ भने ९ वटा बैंकको मात्रै नाफा बढेको छ ।

फागुन मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकको रहेको छ । बैंकले ६ अर्ब ७ करोड नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड नाफा कमाएको छ ।

यो अवधिमा कुमारी बैंकको नाफा २७४.६५ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड पुगेको छ ।

फागुन मसान्तसम्म नाफा बढाउने बैंकमा नबिल, कुमारी, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, माछापुच्छ«े, नेपाल एसबिआई र कृषि विकास बैंकको नाफा बढेको छ । बाँकी बैंकको घटेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi