Skip to content

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंकले  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि  २५ अर्ब रुपैयाँ निक्षेप प्रसाेचन गर्नेे भएकाे छ।  निक्षेप संकलन उपकरण प्रयोग गर्दै  बैंकले बुधबार साे रकम तान्न लागेको हो।   यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएकाे छ।

निक्षेपमा आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो जेठ २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T