Skip to content

यो सरकारले निजी क्षेत्रको आवाज सुन्छ, नेपाली उत्पादनको संयुक्तरूपमा प्रदर्शनी गरौं: सांसद पराजुली

nabil bank

काठमाडौ‌ । प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले दुई तिहाई जनमत प्राप्त सरकारले जनता, निजी क्षेत्रको आवाज सुन्ने काम गरेको बताएका छन् ।

तयारी पोशाक उद्योग संघले आयोजना गरेको ‘तयारी पोशाकको निर्यात प्रवर्द्धनमा चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए ।

नयाँ सरकार बनेपछि पहिला महिनौ लाग्ने लाइसन्स छपाइको काम अब २४ घन्टा भित्रै हुन लागेको जानकारी गराए । कार्यक्रममा उनले नेपाल एलडिसी ग्र्याजुएसन भएपछि देशलाई आर्थिक रुपमा प्रभाव पर्नसक्ने बताए । यसका लागि सरकारले केही प्रयासका काम गर्ने जानकारी गराए ।

उनले सबै निजी क्षेत्र मिलेर संयुक्तरूपमा नेपाली उत्पादनको संयुक्त प्रदर्शनी गर्न जोडदार माग गरेका छन् । सानो बजेटमा प्रदर्शन गर्दा त्यसको प्रभाव कम हुने भएकाले सबै क्षेत्र मिलेर एकीकृत रुपमा प्रदर्शनी गरेको खण्डमा त्यसको प्रभाव स्वेदशमा मात्रै नभएर विदेशमा समेत पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा अहिले पनि ३० प्रतिशत उत्पादन हुने र बाँकी ७० प्रतिशत आयात हुने गरेको स्मरण गराए । नेपालमा उत्पादन बढाउन अझै पनि ७० प्रतिशत स्पेश खाली भएकाले अब यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

नेपालमा रोजगारी छैन भनेर विदेश जाने क्रम बढेको र नेपालमा उद्योग घटिरहेको, भएका उद्योगमा कामदारको अभाव हुँदै गएको स्मरण गराए । अहिलेको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रसँगै रहेको बताएकाले राज्यसँग केही आशा थप पलाएको दाबी गरे ।

कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पान्डेले अहिले पश्मिना र तयारी पोशाक निर्यात सँगसँगै रहेको बताए । उनले एलडिसि ग्रयाजुएसनपछि यो क्षेत्र निकै प्रभावित हुने स्मरण गराए । उद्योगीले लामो समयदेखि ग्रिन गार्मेन्ट मागेको तर पूरा हुन नसकेको बताए । १२८५ उद्योग रहेकोमा केही उद्योग रुग्ण रहेको र त्यसले करिब ५० हजार रोजगारी गुमेको जानकारी गराए ।

संघले अहिले १२ वटा मन्त्रालयसँग मिलेर काम गर्नुपने बाध्यता रहेको र त्यसमा समय लाग्ने हुँदा निजी क्षेत्र मैत्री काम हुन नसकेको उल्लेख गरे । सरकारले कतिपय विभाग खारेज गर्दा काम गर्न समस्या भएको उनको गुनासो छ । सरकारले हरेक वर्ष बजेट बनाउँदा यो क्षेत्रलाई बजेट प्रयाप्त नदिँदा समस्या भएको उनको तर्क छ ।

सरकारले निर्यात प्रवर्द्धन गर्ने भनेपनि २०२१ सालमा बनेका कानुनले समस्या पारेको उनको दाबि छ । नयाँ सरकारबाट रोकिएका काम पूरा हुने अपेक्षा रहेको रहेको अध्यक्ष पाण्डेले बताए ।

कार्यक्रममा सावतिका कार्यकारी निर्देशक डा‍. पारस खरेलले नेपालबाट बढि निर्यात अमेरिका, बेलायतमा बढि रहेको जानकारी गराए । भारतमा भने न्यून मात्रामा रहेको उल्लेख गरे । अमेरिकाले कोटा प्रणाली हटेपछि नेपाललाई धक्का लागेको बताए ।

यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको, आयात गर्दा लागत उच्च हुने, निर्यातमा समय र लागत बढि रहेको उनको भनाइ छ । नेपाल बुद्धको जन्मभुमि, सगरमाथाको देश भनेर निर्यात भईरहेको छ । यो क्षेत्रमा वैदेशिक लगानी निकै कम रहेको छ ।

ग्र्याजुएसन भएपछि ट्यारिफ ७ प्रतिशत बढ्ने भएको छ । क्यानडाले २०२९ सम्म जिरो डिउटि दिने भनेको स्मरण गराए । अन्य देशको तुलनामा नेपाल कसरी विशेष छ भनेर देखाउने समय आएको उनको तर्क छ । नेपालमा जंगलमा पाउने उपकरण अल्लो, हेप्प प्रयोगमा धेरै जटिल रहेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi