Skip to content

राष्ट्रपति पौडेलबाट थप तीन अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अध्ययनमै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेशजारी गरेका छन्। जारी गरिएका अध्यादेशमा स्वास्थ्य विज्ञानप्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश–०८३, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश–०८३, र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश–०८३ समावेश छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानकोधारा ११४(१) बमोजिम अध्यादेशहरू जारी गरिएको हो। राष्ट्रपति पौडेलले यसअघि सहकारी तथा खरिद सम्बन्धी अध्यादेश पनि सार्वजनिक गरि सकेका छन्।

सरकारले अतिरिक्त केही अध्यादेश जारी गर्न सिफारिस गरे अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समेत राष्ट्रपति समक्ष पुगेको थियो। तर, उक्त अध्यादेश अहिले अध्ययन चरणमै रहेको राष्ट्रपति कार्यालयले जनाएकोछ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कानुनी पक्ष प्रति थप स्पष्टता लिनका लागि केही कानुनविद्हरूसँग शीतल निवासमै परामर्श गरेका छन्।

राष्ट्रपति कार्यालयका एक स्रोतले भने, “शुक्रबार र शनिबार भएका निर्णयमासंवैधानिक परिषद्सम्बन्धी अध्यादेश परेन।”

यससँगै सरकारले सिफारिस गरेका अध्यादेशमध्ये तीन मात्र जारी भइसकेकाछन्, भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको निर्णय भने आगामी दिनमाहुने संकेत मिलेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T