Skip to content

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणालाई पक्राउ पुर्जी जारी गरिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
हाल हङकङ पुगेका देउवाको सम्पत्तिमाथि अनुसन्धान गर्न रेड नोटिस जारी गरी पक्राउ गर्न पुर्जी जारी गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट मंगलबार  नै पक्राउ पूर्जी जारी गरिएको हो।

देउवा दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ। विभागले सम्पत्ति शुद्धीकरणका विषयमा बयान गर्नुपर्ने भएपछि पक्राउ पुर्जी जारी गरिएको जनाएकाे छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नै देउवा दम्पतिमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो। त्यसपछि विभागले अनुसन्धान सुरु गरेको थियो। चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि यसलाई झन् तीब्रता दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T