काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहसँग सहकारीका विषयमा छलफल सुरु गरेको छ ।
मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) बमोजिम गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको हो ।
बैठकमा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्ने उपाय तथा सहकारी ऐनमा आवश्यक सुधारका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
बैठकमा सातै प्रदेशका सहकारी हेर्ने मन्त्रीहरुको उपस्थिती रहेको बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्