काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमति पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणालाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २३ गते नै काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको पाइएको छ ।
विभागले देउवा दम्पत्तिलाई पक्राउ गर्न विभागले जारी गरेको पत्र सार्वजनिक भएसँगै यो विषय बाहिरिएको हो । विभागले देउवा दम्पत्तिलाई शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न पक्राउ गर्न अनुमति मागेका पत्रमा उल्लेख छ ।
‘सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा डडेलधुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा-२ वतन भई हाल काठमाडौँ जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा- २ बस्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निजकी पत्नीलाई पक्राउ गर्नुपर्ने भएकाले निजहरूलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १५क तथा ऐ. ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (ग) समेत बमोजिम पक्राउ अनुमतिका लागि सादर अनुरोध छ’ पत्रमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्