Skip to content

टेन्डरको सूचना पत्रपत्रिकामा छाप्नै नपर्ने व्यवस्था गरिदै

nabil bank

काठमाडौं । सरकारले अब टेन्डर सम्बन्धी सूचना दैनिक पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्न नपर्ने प्रस्ताव अघि सारेको छ। सार्वजनिक खरिद ऐन संशोधनको मस्यौदामा यस्तो व्यवस्था समेटिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले तयार पारेको संशोधन प्रस्तावमा विद्युतीय प्रणालीबाट हुने बोलपत्रका सूचना अन्य माध्यममा प्रकाशित गर्न नपर्ने उल्लेख गरिएको छ।

हालको कानुनी व्यवस्था अनुसार बोलपत्र वा पूर्वयोग्यता सम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने र अन्तर्राष्ट्रिय बोलपत्रका लागि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिने प्रावधान छ। तर प्रस्तावित संशोधनले विद्युतीय खरिद प्रणालीमार्फत सूचना आह्वान गरिएको अवस्थामा त्यसलाई पत्रपत्रिकामा छाप्न आवश्यक नपर्ने स्पष्ट पारेको छ।

यस संशोधन कार्यान्वयनमा आएमा अब अधिकांश बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत मात्रै प्रकाशित हुनेछन् र पत्रपत्रिकामा विज्ञापन दिने प्रचलन क्रमशः हट्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi