काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
आइतबार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौंमा ३ आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ ।
यसको मूल्य ४ करोड रुपैयाँ छ । यस्तै, काठमाडौको मूलपानीमा ५ करोड पर्ने ६ आना जग्गा, मोरङमा १ करोड पर्ने १ कठ्ठा जग्गा, बुवा रमेश कुमार पोखरेलको नाममा काठमाडौँमा साढे २ करोड पर्ने ४ आना २ पैसा जग्गा, आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड पर्ने १ रोपनी १४ आना १ आना २ पैसा जग्गा, गोकर्णेश्वरमा डेढ करोडको जग्गा, गोदावरीमा ५ करोड पर्ने ११ रोपनी ४ आना जग्गा छ ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ । यसको मूल्य ७५ लाख रुपैयाँ छ । उनीसँग २५ हजार रुपैयाँ नगद छ । उनीसँग बैंक मौज्दातमा सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ, एनआईसी एसिया बैंकमा करिब २ लाख रुपैयाँ छ । विभिन्न कम्पनीमा १ करोड ७७ लाख रुपैयाँको सेयर रहेको छ ।
पोखरेलको नाममा ३९ लाख ६५ हजारको कार रहेको छ भने बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने कार छ । उनको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको छ भने ७५ लाख रुपैयाँ ऋण छ ।












प्रतिक्रिया दिनुहोस्