Skip to content
Prabhu

साताको अन्तिम दिन नेप्से १९.८९ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २१ करोड

काठमाडौ । बजेट सार्वजनिक भए पछिको दोस्रो कारोबार दिनमा पनि सेयर बजार ओरोलो लाग्ने क्रम जारी रह्यो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १९ दशमलव ८९ अंकले घटेको हो ।

अघिल्लो दिनको भन्दा ०.९५ प्रतिशतले घटेको सेयर बजार २०६९ दशमलव ५३ विन्दुमा पुगेको छ । आज कारोबार भएका कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचक घटेको दिन आज सेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार भएको छ । आज ३११ कम्पनीका ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ६१ हजार ७२ पटक खरिद बिक्री हुदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९० अंकले घटेर ३७० दशमलव १९ विन्दुमा पुगेकोछ ।

साताको अन्तिम दिनको कारोबारमा १० परिसूचकको सेयर मूल्य घटेको छ भने ३ परिसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज भगवती हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal