Skip to content

सेबोनका पूर्वअध्यक्ष हमालको दुसित थानी हिमालयन रिसोर्टमा अर्थमन्त्री वाग्लेको अपार्टमेन्ट, पौने ४ करोड लगानी

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेश हमाल मुख्य प्रवर्द्धक रहेका काँभ्रेको धुलिखेलस्थित पाँच तारे दुसित थानी हिमालयन रिसोर्टमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अपार्टमेन्ट रहेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरणमा रिसोर्टमा उनको अपार्टमेन्ट रहेको उल्लेख छ ।

चारवटा घर, अपार्टमेन्ट रहेका वाग्लेको काभ्रेमा अपार्टमेन्ट रहेको खुलाएका छन् । उनले उक्त अपार्टमेन्ट किन्न ३ करोड ७५ लाख रुपैयाँ खर्च गरेका छन् ।

उनले यो रकम अन्तराष्ट्रिय रोजगारीबाट आर्जन गरेको जनाएका छन् ।

यस्तै उनले अन्तराष्ट्रिय रोजगारीबाट आर्जन गरेको अर्को २ करोडले ललितपुरको सानेपामा १२८४ स्क्वायर फिटको सानो अपार्टमेन्ट खरिद गरेका छन् ।

पाँचतारे दुसित थानी हिमालयन रिसोर्टका प्रवर्द्धकहरूमा रमेश हमाल, विष्णु मोर, राजेन्द्रकुमार काब्रा, र आशिषकुमार गोयल रहेका छन् ।

वाग्लेले यो अपार्टमेन्ट २०७५ वा २०७६ सालमा खरिद गरेको स्रोतको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi