काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विवरण सार्बजनिक गरेको हो । उनले सम्पत्ति विवरणमा २० वटा कुखुरा र एउटा कुकुर समेत रहेको जनाकी छिन् ।
यस्तै उनीसँग स्कुटर, तीन ल्याप्टप र २ वटा मोबाइल समेत रहेको छ भने उनको श्रीमानको पल्सर मोटरसाइकल रहेको उल्लेख छ । विवरणमा नगद ५० हजार र बैंकमा श्रीमानको सहित १५ लाख रहेको छ । उनीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ भने सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।
यस्तै उनले श्रीमान सुन्दर पुर्कुटीको नाममा काठमाडौंको बुढानिलकण्डमा रहेको घर पैतृक सम्पत्तिबाट लिएको भन्दै विवरण उल्लेख गरेकी छैनन् । आवश्यक परेमा पछि सबै खुलाउने जनाएकी छिन् ।
उनको श्रीमानको नाममा नुवाकोट जिल्लामा रहेको जग्गाको विवरण पनि उल्लेख गरेकी छैनन् । आवश्यक परेमा पछि खुलाउने विवरणमा उल्लेख छ । यस्तै उनीहरुको श्रीमान श्रीमतीको नाममा ५६ सय कित्ता सेयर रहेको छ ।













प्रतिक्रिया दिनुहोस्