Skip to content

बैंकको नयाँ ब्याजदर आजदेखि लागू, सर्वाधिक धेरै एनएमबिको, अन्य बैंकको कति ?

nabil bank

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ ।

वैशाख महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर औषतमा ५ प्रतिशत भन्दा तल झरेको छ ।

चैत मसान्तसम्म बैंकको ब्याजदर ४.४९ प्रतिशत रहेको थियो । एक महिनाको अवधिमा बैंकको ब्याजदर ०.०९४ प्रतिशत बिन्दुले घटेर औषतममा ४.४ प्रतिशत छ । २० वाणिज्य बैैंकमध्ये वैशाखका लागि ८ वटा बैंकको ब्याजदर घटेको छ भने बाँकी १२ बैंकको ब्याजदर स्थिर रहेको छ ।

चैत महिनामा चार वटा बैंकको ब्याजदर ५ प्रतिशत रहेको थियो । वैशाख १ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा ५ प्रतिशत ब्याज एनएमबि बैंकले मात्रै दिने भएको छ । बाँकी बैंकको ब्याजदर त्यो भन्दा तल झरेको छ ।

चैतमा हिमालयन, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतसम्म ब्याजदर दिएका थिए । बाँकीको ५ प्रतिशत भन्दा तल रहेको थियो ।

अहिले एनएमबि बाहेक बैंकले ब्याजदर ५ प्रतिशत भन्दा तल झारेका छन् ।

बैशाख १ गतेदेखि लागू हुने ब्याजदरमा स्ट्रयाण्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याज घटाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi